बजार पुँजीकरण ३५ खर्ब ६३ अर्ब नाघ्याे
काठमाडौ, फागुन ३ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको...
काठमाडौ, फागुन ३ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण साढे ३५ खर्बमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पुँजीकरण र ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख ७० हजारको हाराहारीमा पुगेको छ ।
प्रकाशित मिति: १८:४१ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











