Kathmandu Press

दीपेन्द्रको अर्धशतक मद्दतमा सुदूरपश्चिमले लुम्बिनीलाई १०६ रनको झिनो लक्ष्य

जारी खेलमा पहिला ब्याटिङ गरेको सुदरपश्चिमले लुम्बिनीलाई १०६ रनको झिनो लक्ष्य दिएको छ। लुम्बिनीविरुद्ध सुदूरपश्चिमले लागतार तेस्रो खेलमा निकै कमजोर ब्याटिङ गरेको हो।
दीपेन्द्रको अर्धशतक मद्दतमा सुदूरपश्चिमले लुम्बिनीलाई १०६ रनको झिनो लक्ष्य

काठमाडौं, मंसिर १ : एनपिएलको तेस्रो सिजनको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ गरेको छ। 

जारी खेलमा पहिला ब्याटिङ गरेको सुदरपश्चिमले लुम्बिनीलाई १०६ रनको झिनो लक्ष्य दिएको छ। लुम्बिनीविरुद्ध सुदूरपश्चिमले लागतार तेस्रो खेलमा निकै कमजोर ब्याटिङ गरेको हो। यसअघिका दुईमा भने उसले सय रन पनि कटाउन सकेको थिएन।

टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेटको क्षतिमा १०५ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए। दीपेन्द्रको यो जारी सिजनको तेस्रो अर्धशतक हो।

दीपेन्द्रबाहेक इशान पाण्डेले २७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। इशान र दीपेन्द्रले ६६ रनको साझेदारी गरेका थिए। 

सुदूरपश्चिमको इनिङ धरासायी बनाउने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेन र शेर मल्लले समान २ विकेट लिए। ट्रम्पलमेनले ४ ओभरमा १४ रन खर्चिए भने मल्लले २७ रन खर्चिए। यस्तै, अविशेष गौतमले ४ ओभरमा ११ रन मात्र खर्चेर १ र किशोर महतोले १९ रन खर्चेर १ विकेट नै लिए।

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, मंसिर १, २०८३