दोहोरो अंकले घट्यो नेप्से, निफ्रामा खरिदकर्ताको चाप
काठमाडौं, फागुन २ : साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ३३.३३ अंकले घटेर २ हजार ४९३.५९ अंकमा बन्द भएको...
काठमाडौं, फागुन २ : साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ३३.३३ अंकले घटेर २ हजार ४९३.५९ अंकमा बन्द भएको छ ।
२०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँमा खरिद बिक्री भएको छ ।
म्युचुअल फन्डबाहेक अन्य ११ एघार वटै उपसूचक ओरालो लागेका छन् । सर्पोट माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सकारात्मक सर्किट लेभल कारोबार भएको छ । निफ्राकाे सेयर खरिदकर्ताकाे अत्यधिक चापसमेत रहेकाे थियाे ।
प्रकाशित मिति: १६:१० बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











