नेप्सेमा करेक्सन, कारोबार रकमसमेत घट्यो
काठमाडौं, माघ २७ : कारोबार र सूचकमा नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज करेक्सन भएको छ । २९.१ अंकले घटेर नेप्से २...
काठमाडौं, माघ २७ : कारोबार र सूचकमा नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज करेक्सन भएको छ । २९.१ अंकले घटेर नेप्से २ हजार ५३२.४६ मा बन्द भएको छ ।
केही दिनदेखि १० अर्बभन्दा बढीको कारोबार भएको नेप्सेमा १९४ कम्पनीका १ करोड १६ लाख २१ हजार ४०४ कित्ता सेयर ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
डेभलपमेन्ट बैंक र फाइनान्स उपसूचक उकालो लागेको छ भने अन्य १० समूह ओरालो लागेको छ ।
प्रकाशित मिति: १५:३० बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











