प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं, माघ २६ : प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । प्रुडेन्सियलले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नियामक निकायबाट स्वीकृति लिई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











