प्रधानमन्त्री ओलीविरुद्ध पोखरामा नारावाजी
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पोखरामा नारावाजी सुरु भएको छ। पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार...
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पोखरामा नारावाजी सुरु भएको छ।
पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका हुन्।
प्रधानमन्त्री ओलीको संसद विघटनको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु गरिएको बताएका छन्।
विद्यार्थीहरुले संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: १८:४० बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)