‘सरकारले चाहन्छ भने मेरो अनुसन्धान गरोस्’
‘मेरो कहीँ कतै सरकारले चाहन्छ, मेरो अनुसन्धान गर्छ भने गर्छ । यी सबै कुराहरूको लागि हामी सबै तयार हुनुपर्छ । किनभने त्यसमा हामी सबै खरो उत्रिएर आएको हो । त्यसैले त्यो मोरल ग्राउण्ड हामीसँगा छ,’ उनले भने।
काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूमाथि लागेका आरोप बारे अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सरकारले चाहन्छ भने आफूमाथि अनुसन्धान गर्न सक्ने बताए। आफू त्यसका लागि तयार भएको पनि उनले बताए।
‘मेरो कहीँ कतै सरकारले चाहन्छ, मेरो अनुसन्धान गर्छ भने गर्छ । यी सबै कुराहरूको लागि हामी सबै तयार हुनुपर्छ । किनभने त्यसमा हामी सबै खरो उत्रिएर आएको हो । त्यसैले त्यो मोरल ग्राउण्ड हामीसँगा छ,’ उनले भने।
सभापति थापाले आफ्नो पार्टीको सबैभन्दा ठूलो पुजी मोरल क्यापिटल रहेको बताए। उनले भनेका छन्, ‘हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ यही हो । हाम्रो सबैभन्दा ठूलो क्यापिटल भनेकै मोरल क्यापिटल हो। हामी बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं । हामी गणेशमान सिंहको पार्टीका कार्यकर्ता हौं । हामी कृष्णप्रसाद भट्टराईको पार्टीका कार्यकर्ताहरू हौं। हामीसँग त्यो लिगेसी छ।’
यो नैतिकताको पुजी कायम राखेर अगाडि बढ्न् उनको भनाइ छ। यसका निम्ति प्रत्येक कांग्रेस तयार हुनुपर्ने उनले बताए ।
यो मोरल अथुरिटी समेत आफूहरूसँग रहेको उल्लेख गर्दै उनले पार्टी सदस्यहरू एक जनाको पनि शिर निहुरिने काम आफूबाट नहुने र हुन नहुने उनले बताए ।





