Kathmandu Press

छन्दसाधना पुरस्कार निर्मोही व्यास र सिर्जना अर्याललाई

काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक तथा काव्यशास्त्रविद् प्रा.डा.महादेव अवस्थी, अक्षयकोष संस्थापकमध्येका प्रतिनिधिहरू नेत्रकला ज्ञवाली र प्रा.डा.हेमनाथ पौडेलले दुई पुस्ताका कवि व्यास र अर्याललाई उक्त पुरस्कार प्रदान गरे।
छन्दसाधना पुरस्कार निर्मोही व्यास र सिर्जना अर्याललाई

काठमाडौं, मंसिर १३ : यस वर्षकाे छन्दसाधना पुरस्कार छन्दसाधक कवि द्वय निर्मोही व्यास (जीवनसङ्गिनी वीणा पोखरेलसहित) र सिर्जना अर्याललाई प्रदान गरिएकाे छ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक तथा काव्यशास्त्रविद् प्रा.डा.महादेव अवस्थी, अक्षयकोष संस्थापकमध्येका प्रतिनिधिहरू नेत्रकला ज्ञवाली र प्रा.डा.हेमनाथ पौडेलले दुई पुस्ताका कवि व्यास र अर्याललाई उक्त पुरस्कार प्रदान गरे।

प्रमुख अतिथि डा.अवस्थीले छन्दसाधक द्वय व्यास र अर्यालले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गरे । साथै,उनले अभियानका संयोजक द्वय ज्ञवाली र नेपालले सिर्जना, समालोचना, प्रशिक्षण र उत्प्रेरणामूलक कार्यक्रमहरूका माध्यमबाट छन्दमा युवापुस्ता र बालपुस्तासमेत निर्माण गरेकामा धन्यवाद व्यक्त गरे ।

प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्रा.डा. देवी नेपालले ‘प्रा.डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरी अनवरत रूपमा १९ शृङ्खलासम्म सञ्चालन गर्न सफल भएको बताए । 

कोभिड–१९ का कारणले स्थगित भएको उक्त शृङ्खलापछि अनलाइन कार्यक्रममार्फत विश्वभरका २८० जनाभन्दा बढी छन्द कविहरूलाई छन्द—तरङ्गले प्रस्तुत गरिसकेको चर्चा गर्दै अर्का संयोजक नेपालले छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिँदैआएको उल्लेख गरे । 

प्रकाशित मिति: १४:२० बजे, आइतबार, मंसिर १३, २०८३