Kathmandu Press

खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ सार्वजनिक

काठमाडाैं, असाेज १ : रंगमञ्च, फिल्म र साहित्यमा सक्रिय लेखक, निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ सार्वजनिक भएको छ।शनिबार कमलादीस्थित नेपाल प्रज्ञा...
खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ सार्वजनिक

काठमाडाैं, असाेज १ : रंगमञ्च, फिल्म र साहित्यमा सक्रिय लेखक, निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ सार्वजनिक भएको छ।

शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक लामिछानेसहित कवि विप्लव प्रतीक, नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, गायक लोचन रिजाल लगायतले उपन्यासको लोकार्पण गरे।

Hardik ivf

सरल भाषाशैलीमा लेखिएको उपन्यास एउटा कुकुरको आत्मकथा हो । लेखक लामिछानेका अनुसार उपन्यासमा कुकुर र मान्छेबीचको सम्बन्ध, कुकुरले मान्छेलाई हेर्ने दृष्टिकोण र उसले भोग्ने भोगाई र संवेदनालाई उसैको भाषामा प्रस्तुत गरिएको छ । कुकुरको आँखाबाट समाज नियाल्न र कुकुरको जीवनमा मान्छेको भूमिका कति छ भनेर बुझ्नका लागि उपन्यास निकै उपयोगी हुने लामिछानेको भनाइ छ ।

उपन्यासबारे बोल्दै कवि प्रतीकले ‘फुर्के’ एउटा कुकुरमार्फत भनिएको समकालीन मानिस, वर्ग र समाजको कथा भएको सुनाए । ‘हरेक मानिसको कथा हुन्छ र प्राणीको पनि कहानी हुन्छ’, उनले भने,‘फुर्केले हामीलाई जनावरप्रति संवेदनशील हुन सिकाउँछ ।’ हरेक प्राणी मायाको भोको भएको सुनाउँदै उनले फुर्केको आँखाबाट यो समाजलाई हेर्न आग्रह गरे ।

कप्तान खड्काले आफू कुकुरप्रेमी भएको सुनाउँदै कुकुरबाट पाउने स्नेह, ममता मान्छेबाट नपाउने ठहर गरे । उनले भने, ‘कुकुरप्रति हाम्रो समाज अवेरनेस छ जस्तो मलाई लाग्दैन । कुकुर भनेको कुकुर मात्र होइन । कुकुरप्रतिको अट्याचमेन्ट, यसबाट पाउने स्नेह, ममता अरुबाट पाउन सकिँदैन ।’ कुकुरबाट मानिसले करुणा, मित्रताको भाव सिक्न सक्ने गायक रिजालले बताए ।

एउटा प्राणीको मनोविज्ञान अर्काे प्राणीले लेखिनु करुणाको उत्थानका रुपमा लिँदै उनले साहित्य, संगीतमा प्राणी जगतको विषय आउनालाई संसारमा करुणाको भाव पैदा हुने जनाए ।

प्रकाशित मिति: १९:५९ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्