Kathmandu Press

प्रधानमन्त्रीको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनु हुँदैन : देउवा

काठमाडौं, पुस ५ : कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्।देउवाले ट्वीट गर्दै संविधान विपरितको उक्त निर्णय...
प्रधानमन्त्रीको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनु हुँदैन : देउवा

काठमाडौं, पुस ५ : कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्।

देउवाले ट्वीट गर्दै संविधान विपरितको उक्त निर्णय अनुमोदन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी बाध्य हुनु नपर्ने बताएका हुन्। 

‘संसद विधटनका निर्णय असंवैधानिक छ। अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न’ ट्वीटमा देउवाले भनेका छन्,‘यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ।’

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्