नेकपाका शीर्ष नेताको प्रचण्ड निवास खुमलटारमा छलफल
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनाका लागि सिफारिस गरेपछि नेकपा शीर्ष नेता छलफलमा जुटेका छन्।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गरेपछि नेकपा शीर्ष नेता छलफलमा जुटेका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। छलफलमा नेकपा वरिष्ठ नेताहरु माधवकुमा नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको जनाएको छ।
प्रधानमन्त्री ओलीले चालेको कदमको मूल्यांकन र थप रणनीति निर्माणका लागि छलफलमा जुटेको जनाएको छ। परिस्थिति जटिल बनेकाले छलफलमा गर्न लागेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए।
प्रधानमन्त्री ओलीले आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गराएका थिए। आज दिउसो १ बजे नेकपा स्थायी कमिटी बैठक पनि बस्दै छ।
प्रकाशित मिति: १८:२४ बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)