कांग्रेस सभापति देउवाले बाेलाए पदाधिकारी बैठक
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाले...
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले आज मध्याह्न १ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बैठकका लागि बोलाएका हुन्। सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएको हो।
प्रधानमन्त्री ओलीले संसद् विघटनाका लागि सिफारिस गरेपछि छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ।
प्रकाशित मिति: १७:५८ बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)