Kathmandu Press

सातै प्रदेशका प्रमुखलाई ‘हाई अलर्ट’मा बस्न आइजिपीको निर्देशन

काठमाडौं, पुस ५ : संसद विघटनको सिफारिसपछि नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिइएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सुरक्षा निकायहरू...
सातै प्रदेशका प्रमुखलाई ‘हाई अलर्ट’मा बस्न आइजिपीको निर्देशन

काठमाडौं, पुस ५ : संसद विघटनको सिफारिसपछि नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिइएको छ। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा बस्न सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

ठूला राजनितीक घटना भएको समयमा सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले उक्त घटना नियन्त्रणको लागि निर्देशन दिएको प्रहरी मुख्यालयले जनाएको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित मिति: १७:४८ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्