Kathmandu Press

संसद् विघटनको प्रस्ताव असंवैधानिक, तुरुन्त फिर्ता लिनुपर्छ : नेपाल

काठमाडौं, पुस ५ : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव संविधानविपरित भएको जनाउँदै यसलाई तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन्।प्रधानमन्त्री केपी शर्मा...
संसद् विघटनको प्रस्ताव असंवैधानिक, तुरुन्त फिर्ता लिनुपर्छ : नेपाल

काठमाडौं, पुस ५ : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव संविधानविपरित भएको जनाउँदै यसलाई तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्बाट निर्णय गराएपछि उनकै पार्टी नेकपा वरिष्ठ नेता नेपालले विरोध जनाएका छन्।

'यो संविधानको स्पिरिटविपरित र असंवैधानिक कदम हो । यसको सबैले निन्दा र भत्र्सना गर्नुपर्छ,' नेता नेपालले भने, 'यो प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ।'

यो पार्टी र प्रधानमन्त्री ओलीका लागि नै दुर्भाग्य भएको बताए। प्रधानमन्त्री ओलीले कलंकको टीका लगाएको उनको भनाइ छ।

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्