Kathmandu Press

संसद् विघटनको सिफारिसलाई राष्ट्रपतिले फिर्ता गर्नुपर्छ : पौडेल

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई राष्ट्रपतिले फिर्ता गर्नुपर्ने बताएका छन्।संसद्...
संसद् विघटनको सिफारिसलाई राष्ट्रपतिले फिर्ता गर्नुपर्छ : पौडेल

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई राष्ट्रपतिले फिर्ता गर्नुपर्ने बताएका छन्।

संसद् विघटन गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रतिक्रिया जनाउँदै वरिष्ठ नेता पौडेलले यसलाई संविधानविपरित भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै यसलाई राष्ट्रपतिले फिर्ता गर्नुपर्ने बताए।

पौडेलले भनेका छन्, 'यो संविधान विपरीत छ, लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्रहीत विपरित छ। अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन। यो फिर्ता गर्नु पर्दछ।'

प्रधानमन्त्री ओलीले आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गराएका थिए।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्