Kathmandu Press

संसद् विघटन गर्न मन्त्रिपरिषद्को सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आकस्मिक रुपमा बाेलाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्न सिफारिस गरेकाे छ।
संसद् विघटन गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आकस्मिक रुपमा बाेलाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्न सिफारिस गरेकाे छ।

आज बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उर्जामन्त्री वर्षमान पुनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए। तर, प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ।

आजै मध्याह्न नेकपा स्थायी कमिटी बैठक बस्दै छ। त्यस अघि नै प्रधानमन्त्री ओलीले मन्त्रपरिषद् बैठक बाेलाएर निर्णय गराएका हुन्।

 

 

प्रकाशित मिति: १६:१८ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्