ला लिगा : रोकियो बार्सिलोना, एट्लेटिको विजयी
काठमाडौं, पुस ५ : स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको हो।घरेलु मैदानमा...
काठमाडौं, पुस ५ : स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा बार्सिलोनाका लागि लियोनल मेसी र रोनाल्ड अरौजोले गोल गरे भने भ्यालेन्सियाका मोख्तार डिखाबी र म्यासीमिलिआनो गोमेजले गोल गरे।
खेलमा भ्यानेन्सियाले अग्रता लिएको थियो। डिखाबीले २९औं मिनेटनमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। इन्जुरी समयको चौथो मिनेटमा मेसीले गोल गर्दै पहिलो हाफमा खेललाई बराबरीमा बनाए।
५२औं मिनेटमा अरौजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ६९औं मिनेटमा गोमेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यस्तै शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ। एट्लेटिकोले इल्चेलाई ३–१ ले हरायो। घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउने क्रममा लुइस सुआरेजले दुई र डिएगो कोस्टाले एक गोल गरे।
४१औं मिनेटमा सुआरेजको गोलमा एट्लेटिकोले अग्रता लियो। ५८औं मिनेटमै सुआरेजले अग्रता दोब्बर बनाए। लुकास बोइले ६४औं मिनेटमा गोल गर्दै इल्चेलाई खेलमा फर्काए। ८०औं मिनेटमा डिएगो कोस्टाले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई जित दिलाए।
ला लिगाअन्तर्गत नै भएका अन्य खेलमा भिल्लारियलले ओसासुनालाई ३–१ ले हरायो भने लभान्तेले रियल सोसिडाडलाई २–१ ले हरायो।
२९ अंकका साथ एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने २५ अंकका साथ भिल्लारियल चौथो स्थानमा छ। २१ अंक जोडेको बार्सिलोना पाँचौं, १५ अंक जोडेको भ्यालेन्सिया १२औं स्थानमा छ।











