Kathmandu Press

क्रिस्टल प्यालेसको पोस्टमा लिभरपुलको सात गोल

काठमाडौं, पुस ५ : इंग्लिस प्रिमियर लिगमा लिभपुलले सानदार जित निकालेको छ। गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ७–० ले हरायो।लिभरपुललाई...
क्रिस्टल प्यालेसको पोस्टमा लिभरपुलको सात गोल

काठमाडौं, पुस ५ : इंग्लिस प्रिमियर लिगमा लिभपुलले सानदार जित निकालेको छ। गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ७–० ले हरायो।

लिभरपुललाई सानदार जित दिलाउने क्रममा मोहम्मद सलाह, रोबर्टो फिर्मिन्होले दुई दुई गोल गरे भने टाकुमी मिनामिनो, साडियो माने, जोर्डन हेन्डर्सनले एकएक गोल गरे।

लिभपुरलले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको थियो। खेलको तेस्रो मिनेटमै मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। ३५औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। ४४औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि पहिलो हाफमै लिभरपुलले ३–० को अग्रता लियो।

५२औं मिनेटमा हेन्डर्सन, ५५औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि लिभरपुलले ५–० को अग्रता लियो। त्यसपछि तीन मिनेट अन्तरमा सलाहले दुई गोल गरेपछि लिभरपुले सन् १९८९ पछिकै सर्वाधिक ठूलो जित निकाल्यो।

त्यतिबेल लिभपुलले क्रिस्टल प्यालेसलाई नै ९–० ले हराएको थियो। क्रिस्टल प्यालेसको भने हो घरेलु मैदानमा इतिहासकै खराब प्रदर्शन हो।

प्रिमियर लिगअन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्ट सिटी विजयी भएको छ। १६औं मिनेटमा रहिम स्टर्लिङले गरेको एकमात्र गोल मद्दतमा सिटीले साउथह्याम्प्टनलाई १–० ले हरायो।

यस्तै आर्सलन पनि एभर्टनसँग २–१ ले पराजित भयो। एभर्टनका लागि यारी मिन्हाले गोल गरे भने अर्को गोल आर्सनलका रोब होल्डिङको आत्मघाती थियो। आर्सनलका निकोलस पेपेले गोल गरेका थिए।

त्यस्तै, फुलह्याम र न्युकासलले १–१ गोलको बराबरी खेले।

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, पुस ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्