Kathmandu Press

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।नेकपा स्थायी कमिटी बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

नेकपा स्थायी कमिटी बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। मन्त्रीहरुलाई आज बिहान ९ बजे मात्रै बैठकका लागि खबर गरिएको एक मन्त्रीले बताए।

यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेका थिए। त्यसबारे मन्त्रीहरुलाई समेत जानकारी दिइएको थिएन्।

नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। त्यो निर्णय भएको पाँच दिन भएपनि फिर्ता भएको छैन।

आजै मध्याह्न १ बजे नेकपा स्थायी कमिटी बैठक बस्दै छ। बैठकमा दुवै अध्यक्षले पेश गरेका प्रस्तावमाथि छलफल हुने कार्यतालिका रहेको छ।

स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठकका एजेन्डाबारे भने मन्त्रीहरुलाई पनि जानकारी दिइएको छैन।

 

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्