Kathmandu Press

सुदूरपश्चिमका सभामुखलाई कोरोना भाइरसको संक्रमण

धनगढी, पुस ५ : सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि उनले शनिबार स्वाब...
सुदूरपश्चिमका सभामुखलाई कोरोना भाइरसको संक्रमण

धनगढी, पुस ५ : सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि उनले शनिबार स्वाब परीक्षण गराएका थिए। आजको परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले बताए।

कोरोना संक्रमण देखिएपछि सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

 

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्