पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन : सञ्चारमन्त्री गुरुङ
चरिकोट, पुस ४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन्।नेकपा...
चरिकोट, पुस ४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन्।
नेकपा दोलखा जिल्ला समिटीले शनिबार बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलि सभामा मन्त्री गुरुङले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका हुन्।
“पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनाैँ”, मन्त्री गुरुङले भने, “मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिनुहुन्न भन्ने विश्वास छ।”
उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे।
प्रकाशित मिति: १९:०५ बजे, शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)