Kathmandu Press

प्रचण्डलाई भेटेर निस्किएका प्रधानमन्त्री ओलीले पुल्चोक पुगेर बादललाई भेटे

काठमाडौं, पुस ४ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री एवं नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग...
प्रचण्डलाई भेटेर निस्किएका प्रधानमन्त्री ओलीले पुल्चोक पुगेर बादललाई भेटे

काठमाडौं, पुस ४ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री एवं नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छलफल गरेका छन्। 

शनिबार बिहान खुमलटार पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव डेढ घण्टा कुराकानी गरेर निस्किएका प्रधानमन्त्री ओली बादललाई भेट्न पुल्चोकस्थित मन्त्री निवासमा पुगेका हुन्। प्रधानमन्त्री ओली गृहमन्त्री बादललाई भेट्न मन्त्री निवास पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 

यसअघि शनिबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा प्रधानन्त्री ओली र प्रचण्डबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पहिलो पटक पुगेका थिए। 
 

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, पुस ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्