खुमलटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच डेढ घण्टा छलफल
काठमाडौं, पुस ४ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको...
काठमाडौं, पुस ४ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
शनिबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पहिलो पटक पुगेका थिए।
दुई अध्यक्षबीचको भेटवार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए। पार्टीको बैठकबाहेक गुटगत भेलामा सहभागी नहुने बताउँदै शुक्रबार पेरिसडाँडामा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा सहभागी भएका थिएनन्।
दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानमा केन्द्रीत रहेर कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। पार्टीभित्रको आन्तरिक विवाद चरोमत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार नै पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा भेटवार्ता भएको थियो।











-1791359764.jpg)