Kathmandu Press

पेरिसडाँडा भेलामा प्रचण्डले भने- ओलीले पार्टीको निर्णय अवज्ञा गरे एक्सनमा जान्छौँ 

काठमाडौं, पुस ३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने पार्टीले निर्णय...
पेरिसडाँडा भेलामा प्रचण्डले भने- ओलीले पार्टीको निर्णय अवज्ञा गरे एक्सनमा जान्छौँ 

काठमाडौं, पुस ३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने पार्टीले निर्णय गरिसकेकाले सरकारले निर्णय मान्नु पर्ने बताएका छन्। 

शुक्रबार पेरिसडाँडास्थित कार्यालयमा प्रदेश १ का नेकपाका जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमाने आफूहरु एक्सनमा उत्रिने बताएका हुन्।  

‘हाम्रो स्थायी कमिटीको बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरिसकेको छ। सरकारले अध्यादेश फिर्ताको निर्णय तत्काल गर्नुपर्छ। अटेरी गरे हामी थप एक्सनमा जान्छौँ।’

उनले अध्यादेश फिर्ता गर्ने बाहेकको अर्को विकल्प प्रधानमन्त्री ओलीसँग नरहेको पनि बताए। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहेको पनि दाबी गरे।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेको बताए। 

‘पार्टीका पूर्वप्रमुख र पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुलाई धोका दिने तथा अपमान गर्ने प्रवृत्ति उहाँको रोकिएको छैन। सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्नु नै उहाँको योग्यता बनेको छ’, भेलामा नेपालले भने।
 

प्रकाशित मिति: २३:३५ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्