Kathmandu Press

यो साताको प्राविधिक विश्लेषणले के देखायो ? आगामी साता के होला?

नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन १९६४ दशमलव ०२ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २०३२ दशमलव ५१ को विन्दुमा बन्द भएको छ।
यो साताको प्राविधिक विश्लेषणले के देखायो ? आगामी साता के होला?
सांकेतिक तस्वीर।

काठमाडौं, पुस ३ : यो साता नेप्से परिसूचक ६८ दशमलव ४९ अंंकले वृद्धि भएको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन १९६४ दशमलव ०२ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २०३२ दशमलव ५१ को विन्दुमा बन्द भएको छ। यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो।


 
आइतबार नेप्से परिसूचक २ दशमलव ३६ प्रतिशतले वृद्धि भएकोमा सोमबार पनि २ दशमलव ८२ प्रतिशतले वृद्धि भएको बजार मंगलबार, बुधबार र बिहीबार भने घटेको थियो।  सुरुको दुई दिन सय अंकभन्दा माथि वृद्धि भएको बजार त्यसपछि थोरै मात्र घट्दा यो साता लगानीकर्ताको लागि सुखद् नै रह्यो।  

बजार पूँजीकरण अघिल्लो साताभन्दा करिव ३ दशमलव ७६ प्रतिशतले वृद्धि हुन सफल भएको छ । यसको अर्थ यो साता लगानीकर्ताको सम्पति करिब एक खर्बले वृद्धि भएको छ। अहिल्लो साताको अन्तिम कारोबार दिन २६ खर्ब ३३ अर्ब रहेको बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन २७ अर्ब ३२ करोड पुगेको छ। 

Hardik ivf

सोमबार ७ अर्बमाथि कारोबार भएकोमा बिहीबार ६ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ।  यो साता औसतमा दैनिक ६ अर्बको शेयर कारोबार भएको छ। 

उपसूचकबारे कुरा गर्दा यो साता लघुवित्त उपसुचकका शेयरधनीले राम्रो कमाएका छन्।  लघुवित्त उपसुचकमा ११ प्रतिशतको वृद्धि आउँदा दोस्रोमा जीवन बीमा उपसुचकमा ९ दशमलव ७५ प्रतिशतको वृद्धि देखिएको छ। फाइनान्स, होटल र हाइड्रोपावर उपसुचक भने यो साता घट्न पुगे।  सबैभन्दा धेरै हाइड्रोपावर उपसुचकमा करिव ७ प्रतिशतको गिरावट आएको छ। 


 
यो साता नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २ अर्ब ८१ करोडको शेयर कारोबार हुँदा दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको २ अर्ब २३ करोडको शेयर कारोबार भएको छ। 


 
प्राविधिक विश्लेषण 
यो साताको 
खुल्लाविन्दुः १९७३.७६ । उच्चविन्दुः २१०१.४७ । न्यूनविन्दुः १९६७.०४ । अन्तिमविन्दुः२०३२.५२

प्रतिरोध २ः २१०० । प्रतिरोध १ः २०५० । टेवा १ः २०३० । टेवा २ः १९४५ 

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा साप्ताहिक मैनबत्ती विश्लेषण अनुसार बजारले ११०० को क्षेत्रमा बलियो टेवा प्राप्त गरी हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र विगतको हालसम्मकै दैनिकी उच्च कारोबार विन्दु १८८८ लाई निश्चित रुपमा तोड्न सफल रहेको छ।

विगत एक वर्षको बजार प्रवृतिको माथिल्लो र तल्लो विन्दुहरु बढ्दो क्रममा रहेको र १८८८ को प्रतिरोध माथि स्थिर रहेर “कन्सोलिडेसन”अवस्थामा रहनु प्राविधिक रुपमा यसलाई सकारात्मक संकेत मानिन्छ। यसले शेयर बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश र पुराना लगानीकर्ताहरुको थप लगानीका साथै विक्रेताको चाप कम रहेको बुझिन्छ।

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं.२ मा, दैनिक मैनबत्ती प्रवृत्ति देखाइएको छ। यसले यो साता हालसम्मकै दैनिकी उच्च कारोबार  विन्दु २११८ को प्रतिरोध क्षेत्रलाई सामना गरेको छ। त्यसपछि बजार सच्चिए पनि बजार घट्दो प्रवृत्तिमा रहेको देखिँदैन। हालसम्म बजार सकारात्मक क्षेत्रमा नै रहेको संकेत गरेको छ। 

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति

चित्र नं.३ मा, एक घण्टा मैनबत्ती प्रवृत्ति देखाइएको छ। यसको प्रवृत्तिले हालसम्मकै दैनिकी उच्च कारोबार विन्दुलाई परीक्षण गरी हाल २०३० को सामान्य टेवा क्षेत्रमा रहेको छ। पछिल्लो समयमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ।

समग्रमा हेर्दा बजारले गत हप्ता हालसम्मकै २११८ को उच्चविन्दुको कीर्तिमान राख्न सफल भएपनि बजार सच्चिएर १९०० को बलियो टेवा प्राप्त गरेपछि पुनः २१०० को क्षेत्रलाई परीक्षण गरेको छ। 

यदि बजार २०३० भन्दामाथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। २११८ मुख्य प्रतिरोधको रुपमा रहेको देखिन्छ भने हालको बलियो टेवा क्षेत्र १८७५ देखि १९०० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: २२:४५ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्