Kathmandu Press

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं : बादल 

उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओलीको कार्यशैली उचित नभएको भन्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेको उल्लेख गरे। उनले अहिले ओलीको विकल्प कोही पनि नभएको धारणा राखे। 
११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं : बादल 

काठमाडौं, मंसिर १९ : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको आगामी ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन्। 

शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिद्ध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न नसकिने बताए। 

Hardik ivf

‘एमालेको ११औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ। प्रतिस्पर्धाको नामबाट नेतृत्वलाई विस्थापित गर्ने काम गर्नुहुँदैन्। पार्टीलाई एकताबद्ध गर्ने र नेतृत्वको रक्षा गर्नुपर्छ,’ उनले भने, ‘अहिले प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिध्याउन चाहन्छन् । र हाम्रो कर्तव्य भनेको नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न सकिन्छ र क्रान्ति अगाडि बढाउँन सकिन्छ।’

त्यस्तै उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओलीको कार्यशैली उचित नभएको भन्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेको उल्लेख गरे। उनले अहिले ओलीको विकल्प कोही पनि नभएको धारणा राखे। 

एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्त्वपूर्ण योगदान रहेको उनको दाबी छ। 
 

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, मंसिर १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्