Kathmandu Press

नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण, १०२९ जना डिस्चार्ज

काठमाडौं,  पुस ३ : नेपालमा थप ७८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८२ जनामा कोरोना संक्रमण...
नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण, १०२९ जना डिस्चार्ज
सांकेतिक तस्वीर।

काठमाडौं,  पुस ३ : नेपालमा थप ७८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने अहिलेसम्म २ लाख ४१ हजार ३९२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७६५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १०२९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २१:३१ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्