कांग्रेससँग २५ प्रतिशत सांसद नभएको र जसपा हस्ताक्षर गर्नं तयार नहुदा संसदकाे विषेश अधिवेशन माग अघि बढ्न सकेन : देउवा
देउवाले गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी अधिवेशन अन्त्य गरेपछि कांग्रेस पदाधिकारी बैठकले विशेष अधिवेशन आव्हानबारे निर्णय गरेपछि मधेसवादी दलहरुसँग सहकार्यको लागि परामर्श भएपनि उनीहरु तयार नभएको बताएका हुन्।
काठमाडौं, पुस ३ : कांग्रेस सभापति शेरबहादुर देउवाले संसदको विशेष अधिवेशन बोलाउन जनता समाजवादी पार्टी (जसपा) नेपाल तयार नहुँदा हस्ताक्षर गरेरअधिवेशन माग गर्न नसकेको बताएका छन्।
शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा देउवाले गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी अधिवेशन अन्त्य गरेपछि कांग्रेस पदाधिकारी बैठकले विशेष अधिवेशन आव्हानबारे निर्णय गरेपछि मधेसवादी दलहरुसँग सहकार्यको लागि परामर्श भएपनि उनीहरु तयार नभएको बताएका हुन्।
‘संविधानको धारा ९३ को उपधारा (३) अनुसार संसदको विशेष अधिवेशन माग गर्न आवस्यक २५ प्रतिशत (६९ सांसद)को हस्ताक्षरसहितको गणापुरक कांग्रेससँग अपुग थियो’, देउवाले बैठकमा भने, ‘त्यसका लागि जसपाका उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेताहरुसँग मैले विषेश अधिवेशन बोलाउन सहकार्य गरौ भनेर प्रस्ताव गरेको थिए । तर, उहाँहरुले अधिवेशन माग गर्नेबारे छलफलका लागि चासो नै नदेखाएपछि अधिवेशन बोलाउन हस्ताक्षर गरेर अघि बढ्न नसकिएको हो ।’
देउवाले मंसिरमा पनि पनि जसपाका नेताहरुसँग विशेष अधिवेशनको विषयमा कुरा गरेपनि संसदको उपसभामुख पदमा उनीहरुले लोभ गरेकाले सफल नभउको पनि बताएका थिए।
बैठकमा देउवाले संविधान अनुसार पनि पुस १८ गतेभित्रै अनिवार्य अधिवेशन बोलाउनु पर्ने परिस्थिति रहेको भएपनि सरकारसँग जतिसक्दो चाँडो संसदको हिउँदे अधिवेशन बोलाउन माग गर्नु पर्ने र उक्त अधिवेशनमा पार्टीले सशक्त भूमिका निर्वाह गर्ने धारणा बैठकमा राखेका थिए।











-1791359764.jpg)