गृह मन्त्रालयद्वारा १८ जना सीडीओको सरुवा (सूचीसहित)
काठमाडौं, पुस ३ : गृह मन्त्रालयले १८ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलले १८ जना सीडीओको...
काठमाडौं, पुस ३ : गृह मन्त्रालयले १८ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलले १८ जना सीडीओको सरुवा गरेका हुन्। गृह मन्त्रालयका अनुसार ललितपुरमा गृह मन्त्रालयमा कार्यरत सहसचिव ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यररत सीडीओ केशवप्रसाद बिमलीलाई जिल्ला प्रशासन कार्यालय महोत्तरी सरुवा गरिएको छ भने धनकुटामा गृह मन्त्रालयमा कार्यरत सहसचिव बासुदेव दाहाललाई पठाइएको छ।
यस्तै, रामेछापमा कार्यररत रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय गुल्मीमा सुरुवा भएको छ भने पाँचथरमा कार्यरत अर्जुनकुमार शर्मालाई रामेछाप पठाइएको छ।
हेर्नुस् सरुवाको सूची :

प्रकाशित मिति: २१:२६ बजे, शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)