Kathmandu Press

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर, थप छानविन गर्न अख्तियार पठाइने 

काठमाडौं, पुस ३ : संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष निकालेको...
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर, थप छानविन गर्न अख्तियार पठाइने 

काठमाडौं, पुस ३ : संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष निकालेको छ। 

शुक्रबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गरेको हो।

बैठकले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए। 

उनका अनुसार स्वास्थ्य सामग्री खरिद प्रक्रिया नियमसंगत नभएको निष्कर्ष बैठकले निकालेको छ। लेखा समितिले शुक्रबार स्वास्थ्य सामग्री खरिद प्रक्रियाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थियो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदका लागि स्वास्थ्य सेवा विभागले ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग गत चैत १२  गते सम्झौता गरेको थियो। सम्झौता अनुसार ओम्नी समूहले पहिलो चरणमा चैत १६ गते स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो।

तर, बजार मूल्यभन्दा धेरै महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै चौतर्फी विरोध भएपछि स्वास्थ्य सेवा विभागले ओम्नीसँगको सम्झौता रद्द गर्नुका साथै धरौटीसमेत जफत गर्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: २०:५६ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्