Kathmandu Press

अध्यादेशविरुद्ध परेका रिटको आज सुनुवाई नहुने

काठमाडौं, पुस ३ : सर्वोच्च आदालतमा परेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेका दुई वटा रिटमा आज सुनुवाई नहुने भएको छ। सरकारले संवैधानिक परिषदको बैठकमा अध्यक्षसहित...
अध्यादेशविरुद्ध परेका रिटको आज सुनुवाई नहुने

काठमाडौं, पुस ३ : सर्वोच्च आदालतमा परेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेका दुई वटा रिटमा आज सुनुवाई नहुने भएको छ। 

सरकारले संवैधानिक परिषदको बैठकमा अध्यक्षसहित हाल कायम रहेका बहुमत सदस्यको सहभागितामा बैठक बस्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए। 

उक्त रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाई नहुने भएको हो।

उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति: १९:४८ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्