सभामुख सापकोटाको मुद्धा आज सुनुवाई नहुने
सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार पनि सुनुवाई नहुने भएको छ।
काठमाडौं, पुस ३ : सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार पनि सुनुवाई नहुने भएको छ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएपनि आज उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ।
यसअघि वैशाख ५ गते पेशीमा राखिएको थियो। तर, त्यतिवेला सुनुवाइ भएको थिएन्।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले मुद्दा हालेकी थिइन्। यो मुद्दा विचाराधीन रहेकै वेला सापकोटा सञ्चारमन्त्री भएका थिए।
अदालतको अवहेलना भएको भन्दै नागरिक समाजका अगुवा कणकमणि दीक्षितले २०६८ असार ६ गते रिट दायर गरेका थिए। त्यहि रिटमा आज सुनुवाई तोकिएको हो।
प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)