Kathmandu Press

अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बाेलाउन कांग्रेसकाे माग

काठमाडाैं, पुस ३ : नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार...
अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बाेलाउन कांग्रेसकाे माग

काठमाडाैं, पुस ३ : नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। 

कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिएर संसद अधिवेशन बोलाउन माग गरेको हो। बैठकले सरकारलाई सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सचेत गराएको छ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतकबालकृष्ण खाँडले भने,‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ। यो तत्काल सरकारले फिर्ता लेओस्।’

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्