Kathmandu Press

सभामुख सापकोटाविरुद्धको मुद्दा आठ महिनापछि पेशीमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाै वर्षअघि परेकाे मुद्दा वैशाखपछि आज एकाएक सर्वोच्च अदालतको पेशी सूचिमा राखिएको छ।
सभामुख सापकोटाविरुद्धको मुद्दा आठ महिनापछि पेशीमा

काठमाडौं, पुस ३ : सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आज एकाएक सर्वोच्च अदालतको पेशीमा राखिएको छ।

सर्वोच्च अदालतले दैनिक पेशी सूचिमा आजका लागि सापकोटाविरुद्धको मुद्दा पनि राखिएको छ। यो मुद्दा आठ महिनापछि पेशीमा राखिएको हो।

यसअघि वैशाख ५ गते पेशीमा राखिएको थियो। तर, त्यतिवेला सुनुवाइ भएको थिएन्।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा यस मुद्दालाई पेशी तोकिएको छ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले मुद्दा हालेकी थिइन्। यो मुद्दा विचाराधीन रहेकै वेला सापकोटा सञ्चारमन्त्री भएका थिए।

अदालतको अवहेलना भएको भन्दै नागरिक समाजका अगुवा कणकमणि दीक्षितले २०६८ असार ६ गते रिट दायर गरेका थिए। त्यहि रिटमा आज सुनुवाई तोकिएको हो।

 

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्