Kathmandu Press

महाकाली पारिको दोधारा-चाँदनीमा एक साता लकडाउन

महेन्द्रनगर, पुस ३ : शिक्षकमा कोरोना भाइरसको संक्रमण देखिएपछि महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा लकडाउन घोषणा गरिएको छ।केही सातादेखि दोधारा चाँदनीका विद्यालय सञ्चालन...
महाकाली पारिको दोधारा-चाँदनीमा एक साता लकडाउन

महेन्द्रनगर, पुस ३ : शिक्षकमा कोरोना भाइरसको संक्रमण देखिएपछि महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा लकडाउन घोषणा गरिएको छ।

केही सातादेखि दोधारा चाँदनीका विद्यालय सञ्चालन भइरहेका थिए। तर, शिक्षकहरुमै कोरोना संक्रमण देखिएपछि एक साताका लागि नगरपालिकाभरि लकडाउन गरिएको हो।

नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको प्रवक्ता दिलबहादुर सिजालीले बताए।

यो अवधिमा विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ। दूध ढुवानी, औषधि पसल २४ सै घन्टा सञ्चालन हुनेछन।  

अतिआवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र  भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोर दोहर पूर्णरूपमा बन्द गरिएको छ।

शिक्षकसँगै जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता सिजालीले बताए। 'नगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ,' उनले भने, 'अत्यन्त आवश्यक काम भए मात्रै घरबाहिर निस्कन नगरबासीलाई अनुरोध गरेका छौँ।'

नगरपालिकाका वडा नं १ र ३ का वडाध्यक्षमा कोरोनाको सङ्क्रमण देखिएको छ। दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसमेत कोरोनाबाट सङ्क्रमित भएका छन। नगरपालिका क्षेत्रको खुला क्षेत्रमा हुने अवैध आवतजावत गर्नेहरुका कारण कोरोनाको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्