Kathmandu Press

कोरोनासँग जुध्न सामाजिक कुरीति चिर्दै नेपाली महिला सैनिक

काठमाडौं, पुस ३ : आर्यघाटमा अनौठो दृश्य देखियो । बन्दुक बोक्ने महिला सेनाहरुले शव बोकिरहेका थिए। सामाजिक मान्यतालाइ चुनौती दिँदै चार महिला सैनिकहरु...
कोरोनासँग जुध्न सामाजिक कुरीति चिर्दै नेपाली महिला सैनिक

काठमाडौं, पुस ३ : आर्यघाटमा अनौठो दृश्य देखियो । बन्दुक बोक्ने महिला सेनाहरुले शव बोकिरहेका थिए। सामाजिक मान्यतालाइ चुनौती दिँदै चार महिला सैनिकहरु कोरोना संक्रमित पछी मृत्यु भएकाहरुको शव व्यवस्थापनमा सक्रिय थिए ।

हाम्रो समाजमा महिलाले लास बोक्नुहुँदैन भन्ने मान्यताले अझैपनि जरो गाडेको छ । संकटको यस समयमा महिला सैनिकहरुले यस्तो सांस्कृतिक मान्यतालाइ तोड्दै मानवीय धर्म निभाएका छन् । शव व्यवस्थापनका लागि नेपालमा नेपाली सेनाको प्रयोग पहिलो पटक भएको हो । यसमा महिला सैनिकको सहभागिता पनि पहिलोनै हो। ३ करोड जनताको देशमा अहिले लाशहरू व्यवस्थापन गर्न ठूलै जनशक्तिको खाँचो छ । वैयक्तिक सुरक्षा सामाग्री लगाएर उनीहरु अनवरत रुपमा कोरोना संक्रमित मृतकका शव व्यवस्थापनमा खटिएका हुन्। 

सांस्कृतिक मान्यता भन्दा माथि उठेर मानवीय कार्य गर्न पाएकोमा सैनिक रचनाले खुशी साटेकी छन् । ‘समाजले पुरुषलाइ मात्रै शव व्यवस्थापनमा खटाउँथ्यो। हामी महिला पनि त्यस कार्यमा सक्षम छौँ भन्ने पुष्टी भइसकेको छ। यो काम गर्न पाउँदा म निकै खुशी छु। मेरा साथीहरु पनि निकै हर्षित छन्। अग्रजहरुले खतरनाक कामलाइ सुरक्षित रुपमा गरेको भन्दै स्यावासी दिँदा झन् हौसला मिलेको छ,’उनले भनिन्।

नेपालमा महिलाको हक अधिकार सम्बन्धि सुधार भएको झण्डै ५ दशक बितिसक्यो । वि.स. २००६ सालपछी दशकौँ ‌लामो द्वन्द्का कारण शताब्दी पुरानो राजतन्त्र प्रणाली कमजोर भयो । त्यसपछी मात्रैमहिलाले पाउने अधिकार र स्थितिमा सुधार आउन थालेको हो। महिलाहरु पनि साहसी छन् भन्ने पुष्टी गर्न र उनीहरुलाइ अभिप्रेरित गर्न पुरुषसँगसँगै शव व्यवस्थापनमा खटाइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बहादुर पौडेलले बताए ।

पौडेलको भनाइ थियो ‘महिला सशक्तिकरण गर्ने उद्देश्यका साथ ९५ हजार महिला सिपाहीहरुलाई नयाँ काम दिँइदै छ । महिलाहरुलाई पहिले अस्पताल निर्माण र विपतको बेला खटाइन्थ्यो । यो पहिलो पटक हो कि उनीहरुले शव व्यवस्थापन गर्दैछन् । कतिपयको लागि यो सीमा उल्ङ्घन या आफ्नो सिरमा सिसा फोड्ने काम झैँ लाग्न सक्ला,’पौडेलले भने । 

नेपालमा कोरोनाका कारण अहिलेसम्म जम्मा १५०८ को मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार ४५२ संक्रमित छन् । गत जनवरीमा कोरोनाको पत्ता लागेपछी अहिलेसम्मको आधिकारिक तथ्यले यो बताउँछ । डिसेम्बर १ मा मात्रै कोभिडका कारण २९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । कोरोना परीक्षण गर्ने भौतिक सामग्रीहरु नहुँदा खेरी मृत्युको संख्या निकै बढी हुनसक्ने विज्ञहरुको ठहर छ । संख्याको हेरफेर सुल्झाउन एक टोलीलाई पनि खटाइएको छ, एक अधिकारीको भनाई थियो । 

स्वास्थ्यकर्मीहरु भन्छन हिउँदमा महामारी फैलने खतरा झन बढेको छ । स्वास्थ्य परिक्षणका सामग्री र अन्य पूर्वाधारको कमीले झनै अफ्ठ्यारो स्थिति छ ।

दाहसंस्कारको लागि उपस्थित भएका मृतकका आफन्तहरुले फलामे घेरा बाहिरबाट फुल, अबीर चढाइरहको तस्विरमा देख्न सकिन्छ । ‘सेतो कपडाले ढाकेको मृत शरीर हो एक ५८ वर्षीय व्यक्तिको । अन्य ३ शवहरु पनी त्यहाँ छन्, शवमा व्यक्तिगत नाम र उमेरको ट्याग लागेको छ । शवहरुको चापले गर्दा दाहसंस्कारमा खट्ने कर्मीहरुले मध्यरातसम्म काम गर्नुपरिरहेको छ ।

शव व्यवस्थापनमा खटिन पाउँदा गर्विलो महशुस भएको सैनिक कृष्ण कुमारीले बताइन्। शारीरिक श्रम निकै पर्ने यो काम गर्न महिलाहरु पनि सक्षम छन्, भन्ने पुष्टी गरेको नेपाली सेनाको भनाई थियो । - अलजजीरा डटकमबाट 
 

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्