Kathmandu Press

बीबीसी मास्टर सेफ २०२०मा नेपाली सन्तोष साह उत्कृष्ट तीनमै सिमित

काठमाडौं, पुस ३ : बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा नेपाली प्रतियोगी सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमै सीमित भएका छन्।पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा...
बीबीसी मास्टर सेफ २०२०मा नेपाली सन्तोष साह उत्कृष्ट तीनमै सिमित

काठमाडौं, पुस ३ : बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा नेपाली प्रतियोगी सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमै सीमित भएका छन्।

पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूके मा नेपाली शेफ सन्तोष शाहले उत्कृष्ट तीनमै चित्त बुझाउनु परेको हो । हिजो सम्पन्न बीबीसी वानमा प्रसारित प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतका २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन्।

बीबीसीसँग कुरा गर्दै उनले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बताए ।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्