Kathmandu Press

लेवान्दोस्कीले जिते फिफा ‘द बेस्ट’ को उपाधि 

काठमाडौं, पुस ३ : फिफाको वर्ष २०२० को  ‘द बेस्ट’ को उपाधि रोबर्ट लेवान्दोस्कीले जितेका छन् ।विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी...
लेवान्दोस्कीले जिते फिफा ‘द बेस्ट’ को उपाधि 

काठमाडौं, पुस ३ : फिफाको वर्ष २०२० को  ‘द बेस्ट’ को उपाधि रोबर्ट लेवान्दोस्कीले जितेका छन् ।

विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्दोस्कीले फिफा  ‘द बेस्ट’ अवार्ड जितेका हुन् ।  लेवान्दोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए ।

उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए भने टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन ठूलो भूमिका खेलेका थिए । यसका साथै उनले टिमलाई घरेलु लिग बुन्डेसलिगको उपाधि जितेका थिए ।

यस्तै, फिफाको उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन । 

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्