Kathmandu Press

काठमाडौं उपत्यकामा आजबाट जोरबिजोर प्रणाली हट्यो 

काठमाडौं, पुस ३ : काठमाण्डौ उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जोर बिजोर प्रणाली हटेको छ । अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा...
काठमाडौं उपत्यकामा आजबाट जोरबिजोर प्रणाली हट्यो 

काठमाडौं, पुस ३ : काठमाण्डौ उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जोर बिजोर प्रणाली हटेको छ । अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले जोरबिजोर प्रणाली नमान्ने बताएपछि आजदेखि यो प्रणाली हटाइएको हो ।

व्यवसायीको चौतर्फी दबाबपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।

जोर बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणको जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।  

गाडी सञ्चालकहरुले सङ्क्रमणको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को पूर्ण पालना भए/नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्ने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्