Kathmandu Press

अध्यादेश फिर्ता गर्न ओलीको आनाकानी, मन्त्रिपरिषद बैठकमा एजेण्डामै परेन

आजसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ताबारेमा कुनै निर्णय नै भएन।
अध्यादेश फिर्ता गर्न ओलीको आनाकानी, मन्त्रिपरिषद बैठकमा एजेण्डामै परेन

काठमाडौं, पुस २ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेकपा स्थायी समितिले फिर्ता लिन सरकारलाई निर्देशन गर्ने निर्णय गरेको संवैधानिक परिषद सम्वन्धी अध्यादेशको बारेमा कुनै निर्णय गरेका छैनन् । ओली पनि सहभागि स्थायी समिति बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर त्यस लगत्तै आजसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ताबारेमा कुनै निर्णय नै भएन। 

नेकपाभित्र संसद अधिवेशन माग गर्दै ८३ जना सांसदहरुले हस्ताक्षर गरेको अधिवेशन मागको निवेदन र अध्यादेश फिर्ता गर्ने सहमति भएको थियो । तर ओलीले सहमति भएको भोलीपल्टै उक्त अध्यादेश फिर्ता गर्न आनाकानी गरेर सहमति तोडेको संकेत गरेका छन् ।
आज बेलुका बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबारेमा छलफल समेत नगरी अन्य एजेण्डामा निर्णय भएर सकिएको छ । 

‘आजको क्याविनेटमा नियमित एजेण्डाहरु पेश भए, संवैधानिक परिषद सम्वन्धिअध्यादेशबारे कुनै छलफल भएन’, बैठकपछि एक मन्त्रीले काठमाडौं प्रेससँग भने । 

अध्यादेश फिर्ता नभई बिहीबार मन्त्रिपरिषद बैठक बस्नु अघि पुन परिषदको बैठक डाकिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए । त्यसपछि संवैधानिक परिषदको बैठक स्थगित गरिएको थियो ।

प्रकाशित मिति: ०२:३८ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्