Kathmandu Press

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियाका वाटमोरलाई बिहीबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

काठमाडौं, पुस २  : नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियाका ६६ वर्षीय वाटमोरलाई बिहीबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

प्रशिक्षकका लागि वाटमोरसहित पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले एक दर्जन बढीले अन्तर्वार्ता दिएका थिए।

वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्ने क्यानले जनाएको छ। वाटमोर अष्ट‍्रेलिया पूर्वक्रिकेटर पनि हुन्।  

प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो। यस्तै, सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक बनेका उनी त्यसपछि भारतको यु–१९ टिमको प्रशिक्षक भएका थिए। 

२०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बनेका वाटमोर सन् २०१४ मा जिम्बावेको प्रशिक्षकमा नियुक्त भएका थिए।

तर, २०१६ को टी–२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि वाटमोर बर्खास्तीमा परेका थिए। पछिल्लो पटक वाटमोर सन् २०२० मा सिंगापुरका प्रशिक्षक भएर काम गरिरहेका थिए।

यस्तै, क्यानले महाप्रवन्धकमा रौनकबहादुर मल्ल, मुख्य वृत्त व्यवस्थापकमा रमेशकुमार न्यौपाने र क्रिकेट व्यवस्थापकमा विनोद दासलाई नियुक्त गरेको छ।

क्यानको विज्ञप्ति हेर्नुस् :

प्रकाशित मिति: २३:०७ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्