Kathmandu Press

करन जोहरको स्त्री-द्वेष

भारतीय क्रिकेटरद्वय हार्दिक पन्ड्या र केएल राहुल कति स्त्री–द्वेषी रहेछन् भन्ने थाहा पाउन करन जोहरको कफी विथ कर

करन जोहरको स्त्री-द्वेष

भारतीय क्रिकेटरद्वय हार्दिक पन्ड्या र केएल राहुल कति स्त्री–द्वेषी रहेछन् भन्ने थाहा पाउन करन जोहरको कफी विथ करन को पूरै भाग हेर्नै पर्दैन । हेर्न पनि सकिँदैन ।

पन्ड्या र राहुल किन महिलालाई यति धेरै घृणा गर्दा रहेछन् ? किन महिलालाई बस्तु ठान्दा रहेछन् ? शिक्षाको अभावले ? चेतनाको अभावले ? वा अरु कुनै कारणले?

शिक्षा र चेतनाको अभावमा मानिसको ज्ञानको ढोका पक्कै साँघुरो हुन्छ । तर, यसो भन्दैमा कुनै पुरुषले महिलालाई बस्तुको रुपमा व्यवहार गर्ने छुट पाउँदैनन् ।

Hardik ivf

पन्ड्या र राहुलको भनाई जति आपत्तिजनक थियो, त्यति नै आपत्तिजनक प्रतिक्रिया जोहरको थियो । उनी हरेक ‘सेक्टिस्ट' जोक सुनेर हाँस्थे । त्यसको भरपूर मज्जा लिन्थे । उनलाई अलिकति पनि अप्ठ्यारो लागेको देखिएन । उनले रमाई–रमाई ती प्रश्नहरू सोधे, जसको उत्तर रोचक हुन्छ भन्ने उनलाई थाहा थियो ।

कफी विथ करन को यो ऋंखलामा निम्त्याइएका क्रिकेटरहरूको ‘पहिचान’ को एउटा पाटो खुलेको छ । उनीहरूको हरेक कुरामा हाँस्ने, रमाउने र ताली करन जोहरको भित्री सोंच पनि उदाङ्गो भएको छ ।

जुनसुकै क्षेत्र र पेशाका अगुवा पुरूषहरू यसरी बोल्नु र महिलाको मानमर्दन गर्ने गीतहरूले अपार सफलता पाउनु साँच्चै सोचनीय छ । यसले महिलाप्रतिको नकारात्मक सोंचले प्रोत्साहन पाउँछ । चुपचाप बसेर यो विषाक्त/घातक सँस्कृतिलाई अझ बलियो बनाउन हामीले पनि अप्रत्यक्ष सहयोग पुर्‍याइरहेका छौं भन्ने हामीलाई थाहा नहुन सक्छ ।

हार्दिक पन्ड्याले ट्वीटर र इन्स्टाग्राममा पोस्ट गरेको ‘क्षमायाचना’ पढेर म निकै हाँसेकी थिएँ । उनले लेखेका छन्–  “कफी विथ करनमा मेरा अभिव्यक्तिहरूको समीक्षा गरेपछि, कुनै पनि तरिकाले मैले कसैलाई ठेस पुर्‍याएँ भने सम्बन्धित सबैसँग म माफी माग्दछु । नढाँटी भन्नुपर्दा, कार्यक्रमको स्वरूप अनुसार म केही बहकिएँ । कसैको भावनामा ठेस पु¥याउने वा कसैको अपमान गर्ने मेरो नियत थिएन । सबैप्रति सम्मान ।”

कफी विथ करन मा उनी जसरी प्रस्तुत भए, त्यो हेर्दा यो माफी–नामा उनकै हो भन्ने पत्याउँन मुश्किल पर्छ । उनले यो माफी आफैंले लेखेका भए पनि यो ट्वीट र इन्स्टाग्राम पोस्ट वास्तवमै क्षमायाचना हो जस्तो लाग्दैन । सार्वजनिक आक्रोश र भारतीय क्रिकेट बोर्डको कदमपछि उनी यस्तो लेख्न बाध्य भएको भान हुन्छ ।

‘बहकिएको’ भन्ने तथ्यले ‘कार्यक्रमको स्वरूप’ बारे कम तर ‘पन्ड्या’ र महिलाप्रति उनको चुत्थो दृष्टिकोणबारे धेरै कुरा बोल्छ । कति तुच्छ शब्द प्रयोग गरिएछ भन्ने कुराको चेत एक रातमै फर्किनु विश्वसनीय लाग्दैन र उनको सवालमा त झनै अपाच्य छ । क्षमायाचनाको ढोंग र त्यो पनि बलजफ्ती गरेजस्तो देखिन्छ ।

हार्दिक, तपाईंले माफी माग्नै पर्दैन । किनभने तपाईंले गल्तीको बोध गर्नुभएकै छैन । बरू, तपाईं र राहुलजस्ता क्षमतावान पुरूष अरूका लागि पनि आदर्श बन्न सक्छन् भन्ने सोंचेकोमा हामी माफी चाहन्छौं । हाम्रा आकांक्षाहरूको भार तपाईंमाथि थोपर्नु हाम्रै गल्ती भयो । राम्रा खेलाडीलाई समझदार मनुष्य भनेर झुक्किएकोमा हामी क्षमाप्रार्थी छौं ।

‘दोषी चश्मा’ फुकालेर संसार राम्रो देख्नुहुनेछ भन्ने हामी कामना गर्दछौं ।

प्रकाशित मिति: १८:२२ बजे, बुधबार, माघ ९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्