असईले गरे चार महिने छोराको हत्या
छोरा हत्याको आरोपमा असई कार्कीलाई प्रहरीले भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरेको छ। उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
काठमाडौं, मंसिर २२ : नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन्।
असई पुष्कर कार्की आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेका हुन्।
छोरा हत्याको आरोपमा असई कार्कीलाई प्रहरीले भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरेको छ। उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो। त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको छ।
पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन् । दुवै जना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन्।
प्रकाशित मिति: ११:४५ बजे, सोमबार, मंसिर २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-ink-1744291933.jpeg)