Kathmandu Press

मनाङमा देखा पर्‍यो सेतो हिमाली गिद्ध

मनाङ, जेठ २२ : सेतो हिमाली गिद्ध मनाङमा देखापरेको छ। 

विश्व संरक्षण संघ (आइयुसिएन)ले सन् २०१७ मा सेतो हिमाली गिद्धलाई लोपोन्मुख पंक्षी ....

मनाङमा देखा पर्‍यो सेतो हिमाली गिद्ध

मनाङ, जेठ २२ : सेतो हिमाली गिद्ध मनाङमा देखापरेको छ। 

विश्व संरक्षण संघ (आइयुसिएन)ले सन् २०१७ मा सेतो हिमाली गिद्धलाई लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो। 

Hardik ivf

विश्वमा २३ प्रजातिका गिद्ध पाइने भए पनि नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन्। खैरो गिद्धबाहेक अन्य आठ प्रकारका गिद्धलाई नेपालमा लोपोन्मुखको सूचीमा समावेश गरिएको छ। 

नेपालका प्रसिद्ध पंक्षीविद हेमसागर बरालले घरपालुवा चौपाया बिरामी परेको अवस्थामा उपचार गर्दा  डाइक्लोफिनाक लगायत एनएसएआइडीजस्ता औषधिको प्रयोग गरिनु नै गिद्ध लोप हुनुको मुख्य कारण भएको बताए।  

ती औषधिको प्रयोग गरी उपचार गरेका गाईबस्तु एक/दुई हप्ता नबित्दै मरेको खण्डमा त्यसरी मरेका गाईबस्तुको सिनो खाएपछि यात गिद्ध मर्ने वा अन्यत्र सर्ने गर्छन्। यसले गर्दा नेपालमा गिद्धको संख्या घट्दै गएको उनले बताए।

गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिइन्छ। यसले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्छ। लामो समयको बन्दाबन्दीका कारण वातावरणमा देखा परेको परिवर्तनसँगै ती जातका गिद्धहरु आहाराको खोजीमा यहाँ आइपुगेको विज्ञहरु बताउँछन्। 

यसैगरी गिद्धलाई आहाराको कमी हुनाका साथै यसलाई बसोबास र बच्चा उत्पादनका लागि आवश्यक पर्ने वनजंगलमा आवश्यक पर्ने सिमलका रुख मासिनुले पनि यिनीहरु बसाइँ सर्ने गर्छन्। यसको वासस्थान कमी भएपछि बसाइँ सर्नाले पनि यो गिद्ध लोप हुँदै गएको मानिन्छ।  

आजकाल भने हिमाली प्रजातिका गिद्ध करिब १०० को संख्यामा एउटै समूहमा आहाराको खोजी गर्दै आउन थालेका समूहमा भेटिने गरेको छ। नेपाललाई सबैभन्दा धेरै प्रजातिको गिद्ध एकै स्थानमा पाउने मुलुकको सूचीमा समेटिएको छ। भेटिएका मध्ये अधिकांश पाँच वर्षमुनिको रहेको चरा विज्ञ बरालको भनाइ छ। गिद्धको सरदर आयु ५० वर्षको हुने उनले बताए।

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्