Kathmandu Press

गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम 

लियो क्लब अफ खैरेनीटार दुलेगौँडा मन्त्रको अध्यक्ष प्रमिला सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सहसचिव एजिना महतले गरेकी थिईन् ।
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम 

तनहुँ, मंसिर ९ : तनहुँको गण्डकी मल्टिपल क्याम्पसका बिद्यार्थीलाई कानुनी सचेतना प्रदान कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ खैरेनीटार दुलेगौडा मन्त्रको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ६ मा रहेको गण्डकी मल्टिपल क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीलाई कानुनी सचेतना प्रदान गरिएको हो । 

लियो क्लब अफ खैरेनीटार दुलेगौँडा मन्त्रको अध्यक्ष प्रमिला सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सहसचिव एजिना महतले गरेकी थिईन् । कार्यक्रममा उक्त क्याम्पसका क्याम्पस प्रमुख लीलानाथ काफ्ले, प्रशिक्षक मिलन आले लगायतको सहभागीता रहेको थियो । 

Hardik ivf

कार्यक्रमले उक्त क्याम्पसमा विद्यार्थीलाई आइपर्ने कानुनी समस्यामा सहयोग गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सिग्देलले बताईन् ।

यसअघि पनि क्लवले विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागीता जनाउँदै आएको छ । 

प्रकाशित मिति: ०८:०१ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्