Kathmandu Press

रास्वपा सांसद र नेताविरुद्ध अवहेलना मुद्दाको सुनुवाई सकियो, आदेश आउँदै  

उक्त मुद्दामा सर्वोच्चका न्यायाधीश मनोज शर्मा र नृपध्व निरौलाको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाई सकिएको छ। निवेदकका तर्फबाट सुनुवाई सकिएपछि आदेशको तयारी भइरहेको छ। 
रास्वपा सांसद र नेताविरुद्ध अवहेलना मुद्दाको सुनुवाई सकियो, आदेश आउँदै  

काठमाडौं, मंसिर ११ : राष्ट्रिय स्वतन्त्र पार्टीका नेताविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ। 

रास्वपा सभापति रवि लामिछानेमाथि काठमाडौं, पोखरा, चितवन र बुटबलमा एकसाथ अनुसन्धान कारबाही चलिरहँदा केन्द्रीय नेता र सांसदविरुद्ध अधिवक्ता अनुपम भट्टराईले अदालतको अवहेलनामा मुद्दा दिएका थिए। 

Hardik ivf

उक्त मुद्दामा सर्वोच्चका न्यायाधीश मनोज शर्मा र नृपध्व निरौलाको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाई सकिएको छ। निवेदकका तर्फबाट सुनुवाई सकिएपछि आदेशको तयारी भइरहेको छ। 

रास्वपाका नेताले अदालतका कामकारबाहीलाई दबाब र प्रभावमा पार्न धर्ना, जुलुस, नाराबाजीसहित आन्दोलनका गतिविधि गरेको दाबीसहित मुद्दा दर्ता भएको थियो। 

अधिवक्ता भट्टराईले रास्वपाका सांसद र नेतामाथि अवहेलनामा कारबाहीको माग राखेर अवहेलना मुद्दा दिएका हुन्। अनुसन्धानमा रहेको बिषयमा जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप अवहेलना निवेदनमा छ। 

रास्वपाका केन्द्रीय पदाधिकारी र सांसदले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरेको आरोप समेत अवहेलना मुद्दामा लगाइएको छ। स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेकाले रास्वपाका सांसद तथा नेतालाई कारबाहीको माग छ। 

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम, चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, बिन्दबासिनी कंसाकार, बिनिता कठायत, लक्ष्मी तिबारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार, हरि ढकाल, अशोक कुमार चौधरी, असिम शाह, गणेश पराजुली, केन्द्रीय पदाधिकारीहरु र रास्वपा बागमती प्रदेश सभापति डा.अच्युतम लामिछानेलाई सजायको माग गरिएको छ। 

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, मंसिर ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्