चीनमा विवाह गर्न अलग्गै गन्तब्य, आकर्षित हुँदैछन् जोडीहरू
किफायती खर्चका कारण चीनमा तीव्र रूपमा विस्तार भइरहेको गन्तव्य विवाह उद्योगका लागि यो स्थान उपयुक्त मानिदै गएको छ । होटलमा भोज आयोजना गर्ने, सजावट गर्ने र व्यापक तयारी गर्नुपर्ने परम्परागत विवाहभन्दा फरक, सानो स्तरमा गरिने गन्तव्य विवाहमा आत्मीय समारोह, फोटो खिच्ने कार्यक्रम र छोटो हनिमुन समावेश हुन्छन् ।
एजेन्सी, कात्तिक २ : चीनमा अक्टोबर महिनालाई विवाहको मौसम मानिन्छ। विशेषगरी दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित लिजियाङको युलोङ स्नो माउन्टेन (जेड ड्रागन स्नो माउन्टेन) क्षेत्रमा यस समयमा विवाह गर्ने जोडीहरूको आकर्षण बढ्ने गरेको छ ।
किफायती खर्चका कारण चीनमा तीव्र रूपमा विस्तार भइरहेको गन्तव्य विवाह उद्योगका लागि यो स्थान उपयुक्त मानिदै गएको छ । होटलमा भोज आयोजना गर्ने, सजावट गर्ने र व्यापक तयारी गर्नुपर्ने परम्परागत विवाहभन्दा फरक, सानो स्तरमा गरिने गन्तव्य विवाहमा आत्मीय समारोह, फोटो खिच्ने कार्यक्रम र छोटो हनिमुन समावेश हुन्छन् ।
यस्तो विवाहको कुल खर्च परम्परागत विवाहको तुलनामा कम हुने गर्छ । ‘यहाँ विवाहसम्बन्धी सेवाहरूको सम्पूर्ण प्रणाली निकै व्यवस्थित र विकसित छ। हाम्रो समग्र अनुभव सहज र वास्तवमै उत्कृष्ट रह्यो,’ एक बेहुली याङले भनिन् ।
देशको जुनसुकै स्थानमा गएर विवाह दर्ता गर्न पाउने नयाँ नीति लागू भएपछि पनि गन्तव्य विवाहको लोकप्रियता बढेको छ । लिजियाङ गान्जिगानबान वेडिङ फोटोग्राफी कम्पनी लिमिटेडका उपमहाप्रबन्धक याङ होङग्वाङ भन्छन्,‘औसतमा हरेक दिन करिब २०० जोडी विवाहको फोटो खिचाउन युलोङ स्नो माउन्टेनको पर्यटकीय क्षेत्रमा आउँछन् । तीमध्ये ९० प्रतिशत ग्राहक अन्य प्रान्तबाट आउने गरेका छन् ।
यस वर्षको सुरुदेखि नै हामीले दक्षिणपूर्वी एसियाबाट आउने ग्राहकको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखेका छौँ। विशेषगरी सिङ्गापुर, इन्डोनेसिया र भियतनामबाट ग्राहकहरू आइरहेका छन्।’ तथ्याङ्कअनुसार, लिजियाङमा फोटोग्राफी तथा गन्तव्य विवाहसम्बन्धी सेवा प्रदान गर्ने कम्तीमा एक हजार व्यवसाय सञ्चालनमा छन् ।











-1792413548.jpeg)