भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने, डेढ घण्टा विद्युत् अवरुद्ध
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज दिउँसो २ बजेदेखि १ घण्टा ३० मिनेटसम्म बनेपा र पाँचखाल सबस्टेसनबाट वितरण हुने ११ केभी फिडरहरूको विद्युत् सेवा अवरुद्ध हुनेछ।-1792413548.jpeg)
काठमाडौं, कात्तिक २ : भक्तपुर सबस्टेसनको ६६ केभी बसबारमा आकस्मिक समस्या आएपछि मर्मतसम्भार गर्नुपर्ने भएकाले भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज दिउँसो २ बजेदेखि १ घण्टा ३० मिनेटसम्म बनेपा र पाँचखाल सबस्टेसनबाट वितरण हुने ११ केभी फिडरहरूको विद्युत् सेवा अवरुद्ध हुनेछ।
सबस्टेसनमा देखिएको समस्या समाधान गर्न मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ।
प्रकाशित मिति: १८:२४ बजे, सोमबार, कात्तिक २, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1792413548.jpeg)


