ब्याटिङमा फेरि चुक्यो नेपाल, बंगलादेशसँग २१ रनले पराजित
खराब ब्याटिङ प्रदर्शनपछि १०७ रनको झिनो लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमै अलआउट हुँदै बंगलादेशसँग २१ रनले पराजित भयो।काठमाडाैं, असार ३ : जारी टि–२० विश्वकपमा नेपालले पुनः एकपटक खराब ब्याटिङ प्रदर्शन गरेको छ। सोमबार बिहान सेन्ट भिन्सेन्टमा भएको खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल ८५ रनै अलआट भयो।
१०७ रनको झिनो लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमै अलआउट हुँदै बंगलादेशसँग २१ रनले पराजित भयो। यो टि–२० विश्वकपमै कम योगफल डिफेन्ड गरेको खेल हो।
योसँगै नेपाल जारी विश्वकपमा जितबिहीन बन्यो। यता, नेपाललाई पराजित गरेसँगै बंगलादेश भने समूह डीबाट दोस्रो हुँदै सुपर ८मा प्रवेश गरेको छ। उसले प्रतियोगितामा ३ जित निकाल्यो। बंगलादेशले टि–२० विश्वकपमा ३ खेल जितेको पहिलो पटक हो।
समान्य लक्ष्य पछ्याएको नेपाल सुरुआतबाटै दबाबमा आयो। पावरप्लेमै २४ रन बनाउँदा ४ विकेट गुमाएपछि नेपालले जितबाट टाढा भएको थियो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाए। उनले ४० बलमा समान १ चौका र छक्का प्रहार गरे। यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्का मद्दछमा २५ रन बनाए।
यी दुईले २६–५को अवस्थाबाट अर्धशतकीय साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए। यी दुईबाहेक आसिफ सेखले १४ बलमा ४ चौका प्रहार गर्दै १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
नेपालका ४ ब्याट्सम्यान डक आउट भएका थिए। नेपालले पछिल्ला ४ विकेट कुनै रन नजोड्दै गुमाएको थियो।
नेपालको इनिङ धरसायी बनाउने क्रममा बंगलादेशका तन्जिम हसन सकिबले घातक बलिङ गरे। उनले ४ ओभरमा २ मेडनसहित ७ रनमात्र खर्चेर ४ विकेट लिए। उनले २१ डटबल गरेका थिए। यो टि–२० विश्वकपमै सर्वाधिक डटबल हो भने तन्जिमको यो स्पेल जारी विश्वकमै उत्कृष्ट स्पेल हो।
तन्जिम बाहेक मुसताफिजुर हरमानले ४ ओभरमा १ मेडनसहित ७ रन नै खर्चेर ३ विकेटठ लिए भने सकिब अल हसनले २.२ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए।
त्यसअघि टस जितेर पहिलो बलिङ गरेको नेपालले उत्कृष्ट बलिङ गर्दै बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमै अलआउट गरेको थियो।
बंगलादेशका लागि अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए। यस्तै रिशाद हसन, महमुदूल्लाह रियादले समाना १३ र तन्जिम हसन सकिब र तस्किन अहमदले समान १२ रन बनाए।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहितकुमार पौडेलले समान २ विकेट लिए।
आजको खेलमा २ किवेट लिएसँगै सन्दीप लामिछाने नेपालका लागि टि–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सय विकेट लिने पहिलो खेलाडी बनेका छन्। ५४ खेलका सय विकेट लिएका उनी सर्वाधिक छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन्। यो कीर्तिमान अफगानिस्तानका रसिद खानाको नाममा छ । उनले ५३ खेलमा सय विकेट लिएका छन्।