सन्दीपले लिए कीर्तिमानी १०० विकेट
अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकपको समूहको अन्तिम खेलमा सोमबार बिहान बंगलादेशविरुद्ध २ विकेट लिँदै सन्दीपले यो उपलब्धि हाँसिल गरेका हुन्।काठमाडाैं, असार ३ : स्टार लेगस्पिनर सन्दीप लामिछाने नेपालका टि–२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।
अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकपको समूहको अन्तिम खेलमा सोमबार बिहान बंगलादेशविरुद्ध २ विकेट लिँदै सन्दीपले यो उपलब्धि हाँसिल गरेका हुन्।
आफ्नो १०० विकेट पु¥याउने क्रममा सन्दीपले बंगलादेश जाकर अली र तन्जिम हसन सकिबलाई बोल्ड गरेका थिए। सन्दीपले ५४ खेलमा १०० विकेट लिएका हुन्।
यो अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो फास्टेस्ट १०० विकेट हो। अघिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्ध २ विकेट लिएको सन्दीपले अफगानिस्तानका रसिद खानको कीर्तिमान बराबरी गर्ने थिए।
प्रकाशित मिति: ०७:३४ बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
आईपिएल अक्सन : अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमाआइतबार, मंसिर ९, २०८१
ऋषव पन्त बने आईपिएल इतिहासकै महँगा खेलाडीआइतबार, मंसिर ९, २०८१
क्रिकेट खेलाडीलाई नेपाली कांग्रेस स्याङ्जाले गर्यो गदसहित सम्मानआइतबार, मंसिर ९, २०८१